कञ्चनपुरको हनुमाननगर क्षेत्रमा मध्यम वर्षा,साना खोलामा बाढीको सम्भावना



नागरिक अपडेट


काठमाडौँ । कञ्चनपुर जिल्लाको हनुमाननगर (भम्का) वर्षा मापन केन्द्रमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement

विभागले सोमबार बिहान ४ः३५ एक सूचना जारी गर्दै पछिल्ला ३ घण्टामा सो स्थानमा मध्यम वर्षा मापन गरिएको जनाएको हो ।

Advertisement

विभागका अनुसार सो क्षेत्र हुँदै बहने साना खोलाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले डुबान सम्भावित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया