भालेश्वर मन्दिरमा सोमबारे आरती,तस्बिरमा हेर्नुहोस्



नागरिक अपडेट


काठमाडौँ । चन्द्रागिरि डाँडामा रहेको प्रसिद्ध मन्दिर भालेश्वर महादेव मन्दिरमा सोमबार विशेष आरती गरिएको छ ।

Advertisement

शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शति देवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेव मन्दिर को उत्पत्ति भएको कुरा हिमवत्खण्डमा उल्लेख भएको पाइन्छ । यस भालेश्वर महादेव को दर्शन गरेमा भक्तजनको इच्छा पूरा हुने र अन्त्यमा शिवलोकमा बास हुने जनआस्था रहेको छ ।

Advertisement

Advertisement

देवाधिदेव महादेवको पूजा आराधनासहित व्रत बसेका भक्तजनहरूले शिवको विशेष पूजा आराधना गरेका छन् । विशेष गरी वैदिक सनातन हिन्दु धर्मावलम्बीले साउनको सोमबार नियमित व्रत बस्ने गर्छन् ।

साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने, पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रूपमा मनाउने गरेका छन् ।


तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया