डान्स युनिभर्स सिजन–२ मा लक्ष्मण भण्डारी प्रथम उपविजेता



नागरिक संवाददाता


केशव खड्का,जापान । डान्स युनिभर्स सिजन–२ अन्तर्गत सम्पन्न सांस्कृतिक नृत्य प्रतियोगिता मा लक्ष्मण भण्डारीले प्रथम उपविजेता बन्न सफल भएका छन् । नृत्य क्षेत्रमा आफ्नो लगनशीलता, कठिन परिश्रम र अद्वितीय प्रतिभा प्रदर्शन गर्दै भण्डारीले यो ऐतिहासिक उपलब्धि हात पारेका हुन् ।

Advertisement

उनले प्रस्तुत गरेको कलात्मक नृत्य प्रदर्शनले निर्णायक तथा दर्शक दुवैलाई मोहित तुल्याएको थियो । प्रतियोगितामा देशका विभिन्न स्थानबाट प्रतिस्पर्धीहरूको सहभागिता रहेकोमा भण्डारीले उत्कृष्ट प्रस्तुति दिएर उपविजेताको ताज जितेका हुन् ।

Advertisement

भण्डारीको यस उपलब्धिलाई नेपाली कला र संस्कृतिको गौरवका रूपमा लिइएको छ । स्थानीय समुदायदेखि राष्ट्रियस्तरका कलाकारहरूले समेत उनलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । भण्डारीले आफ्नो नृत्यमार्फत नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement

उनले भने, “यो सफलता मेरो मात्र होइन, सम्पूर्ण समुदायको हो । सबैको साथ, माया र प्रोत्साहनले नै मलाई यहाँसम्म पुर्‍याएको हो ।” डान्स युनिभर्स सिजन–२ को यस प्रतिस्पर्धामा पहिलो स्थान र विजेताको उपाधि अर्का प्रतिभाशाली नर्तकले हात पारेका थिए।

भने भण्डारीलाई प्रथम उपविजेताको उपाधि प्रदान गरिएको हो । यस उपलब्धिले नृत्य क्षेत्रमा नयाँ उत्साह थपिएको छ भने युवा पुस्तालाई कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रेरणा दिने विश्वास गरिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया