युभेन्टस र डर्टमण्डबिच ४-४ को रोमाञ्चक बराबरी



नागरिक संवाददाता


काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत युभेन्टस र जर्मन क्लब बोरुसिया डर्टमण्डबिचको खेल ४-४ को बराबरीमा टुङ्गिएको छ । नेपाली समय अनुसार बुधबार बिहान १२ः ४५ सुरु भएको रोमाञ्चक खेल ४-४ को बराबरीमा टुङ्गिएको हो।

Advertisement

खेलको पहिलो हाफमा कुनै गोल नहुँदा दुवै टोली दबाबमा थिए। तर दोस्रो हाफमा खेल निकै नाटकीय बन्यो। ५२औँ मिनेटमा डर्टमण्डका करीम अडेयेमीले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ६५औँ मिनेटमा फेलिक्स नमेचाले र ७४औँ मिनेटमा य्यान काउटोले गोल थपे। ८६औँ मिनेटमा रामी बेन्सेबाइनीले पेनाल्टीमार्फत गोल गर्दै डर्टमण्डलाई बलियो अग्रता दिलाए।

Advertisement

तर अन्तिम क्षणमा युभेन्टसले अविश्वसनीय पुनरागमन गर्‍यो। ६३औँ मिनेटमै केनान यिल्दिजले पहिलो गोल फर्काएका थिए भने सान भ्लाहोभिचले लगातार दुई गोल गर्दै टोलीलाई खेलमा फर्काए। खेलको इन्जुरी समयमा लुइस केलीले निर्णायक गोल गर्दै स्कोर बराबरी बनाए। यस बराबरीसँगै दुवै टोलीले च्याम्पियन्स लिगको सुरुआत एक-एक अङ्कसहित गरेका छन्।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया