पाल्पामा बढ्दै डेंगी संक्रमण, प्रभावकारी भएन ‘खोज र नष्ट गर’



पत्रपत्रिकाबाट


पाल्पा — पाल्पामा डेंगी संक्रमण बढ्दै गएको छ । पछिल्लो ८ महिनामा पाल्पाका अस्पतालहरुमा २९८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

Advertisement

२२४ जना पाल्पा जिल्लाभित्र बसोबास गर्ने र ७४ जना जिल्लाबाहिरबाट उपचार गर्न आउनेमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ल्याब अधिकृत मधुसुदन भट्टराईले जानकारी दिए ।

Advertisement

उनका अनुसार पछिल्लो आठ महिनामा लुम्बिनी प्रदेशमै पाल्पामा सबैभन्दा धेरै डेंगीबाट संक्रमित भएका छन् । प्रदेशका १२ जिल्लामध्ये पाल्पामा पछिल्लो ८ महिनामा प्रत्येक महिना धेरै पुष्टि भएको छ । पाल्पाका युनाइटेड मिसन अस्पताल, पाल्पा अस्तपाल, लुम्बिनी मेडिकल कलेज लगायतमा आएका बिरामीमा डेंगी संक्रमण देखिएको कार्यालयले जनाएको छ ।

Advertisement

पछिल्लो तीन महिनामा प्रत्येक महिना डेंगी संक्रमण बढ्दो छ । पछिल्लो साउन १५ देखि भदौ पहिलो सातासम्म ८७ जनामा पाल्पामा संक्रमित भएका थिए । लुम्बिनी प्रदेशका तराईका रुपन्देहीमा ९७, बाँकेमा ३७, दाङमा ९१, बर्दियामा १८ जना र कपिलवस्तुमा १५ जनामा डेगी संक्रमण देखिएको छ । पहाडी जिल्ला पाल्पामा भने अघिल्लो वर्ष र यस वर्ष डेंगी संक्रमण बढेको छ ।

गुल्मीमा ५१, पश्चिम नवलपरासीमा ९, अर्घाखाँचीमा ४०, रोल्पामा ११ र प्यूठानमा १४, रुकुम पश्चिममा ४ जनामा देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार जलवायु परिवर्तनका गर्मी बढ्दै जानु र लामखुट्टे हुर्कनका लागि उपयुर्क्त वातावरण भएकाले पनि डेंगी संक्रमणको संख्या बढेको हो ।

पानी पर्ने र घाम लाग्ने हुँदा अझ बढी त्यस्ता लामखुट्टे सक्रिय रहने गर्छ । जलवायु परिवर्तनका र विश्व व्यापी रुपमा पृथ्वीको सतहको औषत तापक्रम वर्सेनि वृद्धि हुँदै जाँदा पाल्पाको तापक्रम उपयुर्क्त भएकाले पनि पाल्पामा डेंगी संक्रमण बढेको उनले बताए ।

  • प्रभावकारी छैन ‘खोज र नष्ट गर’

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी देखिएको छैन । डेंगी संक्रमण नियन्त्रणमा लागि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखामार्फत् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरे पनि संक्रमण बढेको छ ।

लुम्बिनी प्रदेश सरकारले पाल्पाका लागि डेंगु नियन्त्रण तथा जनचेतना कार्यक्रका लागि आर्थिक वर्ष २०८१/८२ मा ४ लाख बजेट पठाएको थियो । जसअन्तर्गत ३ लाख ९२ हजार खर्च भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले बताए ।

कार्यालयले तिनाउ गाउँपालिकाको झुम्सा र दोभान, बगनासकाली गाउँपालिकको नायरनमतलेस र पोखराथोक, रैनादेवी छहराको मुझुङ् र छहरा, रम्भाको ताहुँ र हुमिन, माथागढीको रुप्से र कसेनी र तानसेनमा बासस्थानको खोजी र नष्ट तथा अभिमुखिकरण गरिएको जनाएको छ । महिला स्वयंसेविका, जनप्रतिनिधिसंग छलफल तथा अन्तरक्रिया र स्वयंसेविकालाई परिचालनमा बजेट खर्च भएको निमित्त प्रमुख पोखरेलले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया