दुबईमा ‘तीज फेस्टिभल दुबई २०२६’ आयोजना हुँदै



नागरिक संवाददाता


बिनोद बिष्ट, बुटवल । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर गुल्मी सेवा समाज, यूएईको गौरवमय प्रस्तुतिमा ‘तीज फेस्टिभल दुबई २०२६’ आयोजना हुने भएको छ। कार्यक्रम अगस्ट २३, २०२६ आइतबार दुबईको Jaya’s Kitchen Hall, Sharaf DG मा हुने आयोजकले जनाएको छ। कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुने पोस्टरमा उल्लेख छ।

Advertisement

तीजको मौलिक संस्कृति, नेपाली कला तथा मनोरञ्जनलाई प्रवासमा समेत प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा नेपाल तथा यूएईमा रहेका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। कार्यक्रममा सुस्मा शाही ठकुरिको लाइभ प्रस्तुति रहनेछ। साथै बिनय खत्री बिनोद बिष्ट ध्रुव कुँवर, नारायण सुनार,रुध्र थापा, पवित्रा थापा मगर, लगायतका कलाकारहरूको प्रस्तुति रहने सस्थाका अध्यक्ष जीवन सिंह ठकुरिले जानकारी दिनु भएको छ।

Advertisement

तीज विशेष दरको व्यवस्था समेत गरिएको कार्यक्रममा नेपाली दिदीबहिनी तथा प्रवासी नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमको टाइटल स्पोन्सर Sagarmatha Star Travel & Tourism LLC रहेको छ भने Subha Marga Travel & Tourism LLC गोल्ड स्पोन्सरका रूपमा रहेको छ। विभिन्न संघसंस्था तथा व्यवसायीहरूको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो।

Advertisement

गुल्मी सेवा समाज यूएईले प्रवासमा नेपाली कला, संस्कृति र मौलिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको जनाएको छ। आगामी तीज फेस्टिबल पनि नेपाली समुदायबीच आपसी भेटघाट, सांस्कृतिक एकता र मनोरञ्जनको अवसरका रूपमा लिइएको छ।अध्यक्ष जीवन सिंह ठकुरिले बताएका छ्न।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया