गुल्मीको कालिगण्डकी नदी किनारमा बाग्लुङकी महिलाको शव फेला



नागरिक अपडेट


गुल्मी, गुल्मीको कालिगण्डकी नदी किनारमा एक महिलाको शव फेला परेको छ। शव बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका–७ निवासी शकुन्तला शर्माको रहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रारम्भिक अनुसन्धानअनुसार उनी आज बिहानदेखि परिवारको सम्पर्कमा नरहेकी थिइन्। प्रहरीका अनुसार उनी मानसिक रोगको औषधि सेवन गर्दै आएको खुलेको छ।

Advertisement

शव फेला परेपछि प्रहरीले घटनास्थलको मुचुल्का उठाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया