पाल्पामा बालिकामाथि जबरजस्ती गरेको आरोपमा किशोर पक्राउ



नागरिक अपडेट


पाल्पापाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो घटना भएको होपीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो

Advertisement

प्रहरीका अनुसार १६ वर्षीय आरोपी किशोरले १० वर्षीया बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए। त्यसै क्रममा घटना भएको प्रहरीको भनाइ छ । घटनाबारे भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित किटानी जाहेरी परेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको थियो ।

Advertisement

प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ । पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया