गुल्मीका पहिरो प्रभावित विक परिवारलाई ११ लाख राहत प्रदान



नागरिक अपडेट


टोपलाल अर्याल,गुल्मी । गत शुक्रबार रातिको अविरल वर्षासहितको पहिरोमा ज्यान गुमाएका मालिका गाउँपालिका– ६ अर्जेका ५५ वर्षीय भेषबहादुर विकको परिवारलाई ११ लाख राहत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले संघ र प्रदेश विपत् व्यवस्थापन कोषबाट प्राप्त रकम प्रभावित परिवारलाई प्रदान गरेका थिए ।

Advertisement

संघले प्रतिमृतक एक–एक लाख र परिवारको घरमूलीको हकमा दुई लाख राहत दिने गरेको छ भने प्रदेश सरकारले प्रतिमृतक एक लाख दिँदै आएको छ । राहत रकम मृतक भेषबहादुर विकका दाजु हिराबहादुर विकलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । उनले मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहित जनप्रतिनिधिहरूको रोहवरमा राहत रकम प्रदान गरेका हुन् ।

Advertisement

गत १४ गते रातिको पहिरोमा घरमूली भेषबहादुर विकसहित श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी आठ वर्षीया सपना र आठ महिनाकी विपना विकको मृत्यु भएको थियो । भेषबहादुरका तीन छोरा भारतमा थिए ।

Advertisement

घटनापछि जेठाे छोरा विमल विक, माइलो छोरा यमबहादुर विक र कान्छो छोरा कृष्ण विक घर फर्किएर किरिया बसिरहेका छन् । पहिरोपछि स्थानीय हिराबहादुर विक, गोपाल परियार, शुक्रबहादुर विकको परिवार विस्थापित भएर नजिकैको छिमेकीको घरमा बस्दै आएका छन् ।

यो पनि पढ्नुहोस्…

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया