गुल्मी पहिरो अपटेड :बेपत्ता एकै परिवारका पाँच जनाको शव फेला



नागरिक अपडेट


गुल्मी । गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता एकै परिवारका पाँच जना मध्ये पाँचै जनाको शव फेला परेको छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पुरिँदा आफूसहित श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनी बिपना बिक र सपना बिक बेपत्ता भएका थिए ।

उनीहरु सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । पहिरोले पुरिएकाे घर कच्ची दुई तले रहेको थियो । रातीको समयमा माथिबाट आएको पहिरोले घर पुर्दा घरपरिवार सबै पहिरोमा परेका हुन् ।

पहिरोमा पुरिएर फेला परेका मृतक मध्ये ५५ वर्षीय भेषबहादुर बिक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली बिक, बुहारी २६ वर्षीया की सिता बि.क, नातिनी ८ वर्षीया सपना बि.क र ८ महिनाको बिपना बि.क रहेका छन् ।

यो पनि पढ्नुहोस्

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया