गुल्मीमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु, चार जना बेपत्ता



नागरिक अपडेट


गुल्मी । गुल्मीमा पहिरोले घर पुर्दा बेपत्ता पाँच जना मध्ये एक जनाको शव फेला परेको छ । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ६ कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पर्दा आफूसहित श्रीमती, बुहारी र दुई नातिनी बेपत्ता भएका थिए ।

Advertisement

बेपत्ता मध्ये भेषबहादुरकाे शव बाहिर निकालिएको साेही वडाका वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । पहिरोमा पुरिएका अन्यको स्थानीयकाे सहयोगमा खाेजी कार्य भइरहेको वडाध्यक्ष भण्डारीले बताए । उनका अनुसार, पहिरोले पुरिएकाे घर कच्ची दुई तले रहेको थियो । रातीको समयमा माथिबाट आएको पहिरोले घर पुर्दा घरपरिवार सबै पहिरोमा परेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले घटनास्थलमा प्रहरी निरिक्षककाे नेतृत्वमा टाेली खटिएको जानकारी दिए । उनले सशस्त्र प्रहरीसँग पनि समन्वय भई घटनास्थलमा खटिएको तर वर्षायामकाे समय भएकोले छिटो पुग्न समस्या भइरहेको बताए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया