गुल्मीमा खोलाले बगाउँदा बेपत्ता महिला मृत फेला



नागरिक अपडेट


गुल्मी । गुल्मीमा खोलाले बगाउँदा बेपत्ता भएकी एक महिला मृत फेला परेकी छन् । माइत जाने क्रममा जिल्लाको मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोलाले बगाउँदा उनी बेपत्ता भएकी थिइन् ।

Advertisement

मुसिकोट नगरपालिका–५ इन्द्रेगौंडा घर भएकी २९ वर्षीया कल्पना पुन आइतबार साँझ इस्मा गाउँपालिका–४ हुलस्थित माइत जाने क्रममा खोलाले बगाएकी थिइन् । खोलाले बगाएको खबरपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए ।

Advertisement

खोजीका क्रममा पुनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

Advertisement

उनका अनुसार खोजी कार्यमा इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली खटिएको थियो। खोलाले बगाएको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको थियो। मृतक पुनको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया