विष्णु राउत, गुल्मी । गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ्ग पैँयापाटामा अवस्थित उज्यालो सामुदायिक विकास मञ्चको प्रथम उज्यालो कप दशैँ तथा तिहार विशेष विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
“उज्यालो सोच, उज्यालो समाज – हाम्रो साझा प्रयास” भन्ने मुल नारासहित उज्यालो सामुदायिक विकास मञ्चको आयोजनामा यहि असोज ३१ गते देखि कार्तिक २ गतेसम्म प्रथम उज्यालो कप दशैं तिहार विशेष खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको हो ।
प्रथम उज्यालो कप दशैँ तिहार विशेष कार्यक्रममा विभिन्न जेष्ठ नागरिक सम्मान, अति विपन्न विथार्थी सम्मान तथा खेलकुद, सांस्कृतिक मनोरञ्जनात्मक प्रतुतिहरु समावेश गरिने मञ्चका खेलकुद संयोजक विनोद चन्दले जानकारी गराउनु भयो । भने उक्त प्रथम उज्यालो कपमा अन्तर टोलस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, लोक नृत्य र नम्बर काउण्ट सहित स्थानीय कला, संस्कृति र मनोरञ्जनसँग जोडिएका कार्यक्रमहरु प्रस्तुत गरिने भएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा खुला अन्तर टोलस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको हो । खुल्ला टोल स्तरीय पुरुष भलिबल प्रतियोगितामा क्रमश प्रथमले नगद १५ हजार,मेडल र प्रमाणपत्र दोस्रोले १२ हजार मेडल र प्रमाणपत्र तेस्रोले ८ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको गरिनेछ।
मञ्चले दशैँ तिहारको अवसरमा आयोजना हुने प्रथम उज्यालो कप कार्यक्रममा खेलाडी, खेलप्रेमी, युवा, विभिन्न संघसंस्था, पत्रकार, सुरक्षाकर्मी तथा शुभेच्छुकलाई सहभागी हुन आग्रह समेत गरेको छ ।
आयोजकका अनुसार प्रथम उज्यालो कपले खेलकुद सँग जोडिएर नयाँ खेलाडी उत्पादन, समृद्ध उज्यालो समाज स्थानीय कला तथा संस्कृतिको जगेर्ना सङ्गै स्थानीय स्तरमा रहेका समुदायविचको आपसी सद्भाव कायम रहनको लागि ठूलो टेवा पुग्ने अपेक्षा लिएको मञ्चका अध्यक्ष रामसागर चन्दले जानकारी दिनु भयो ।





