गुल्मीमा खोला तर्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु



नागरिक अपडेट


गुल्मी । गुल्मीमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । यस जिल्लाको रेसुङ्गा नगरपालिका १४ पराल्मीका ६८ वर्षीय खुमबहादुर सामतको छल्दी खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शुक्रबार मुसिकोट नगरपालिका १ अरेवास्थित ससुराली गएका सामत शनिबार दिउँसो करिब २ः३० बजेको समयमा छल्दी खोला तर्ने क्रममा खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।

मृतक सामतलाई खोलाले बगाएर करिब ५०० मिटर तल रेसुङ्गा नगरपालिका वडा १४ बडिगार्ड जुमईमा पुगाएको थियो । मुसिकोट नगरपालिका वडा ७, दोभानका स्थानीयले माछा मार्ने क्रममा शव देख्नासाथ प्रहरीलाई खबर गरेका थिए । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया