तिहार नजिकिंदै गर्दा बढ्न थाल्यो बजारमा चहलपहल…



पत्रपत्रिकाबाट


काठमाडौं । नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किनमेल गर्नेको चहलपहल बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको चहल पहल बढ्न थालेको हो।

Advertisement

Advertisement

काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चाप बढ्न थालेको छ। तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, माटाको पाला, बत्ती, सप्तरङ्गी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ ।

Advertisement

विशेषगरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्युरोड लगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड लाग्ने गर्दछ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया