अफगानिस्तानमाथि बङ्गलादेशको जित, श्रीलङ्का सुपर चारमा



पत्रपत्रिकाबाट


काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानमाथि जित निकालेको छ । मंगलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो ।

Advertisement

शेख जायद क्रिकेट स्टेडियममा बङ्गलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४८ रन बनायो । अफगानिस्तानका लागि रमनउल्लाह गुरुवाजले सर्वाधिक ३५ रन बनाए । त्यस्तै अजउल्ला ओमाजीले ३० रन बनाउँदा कप्तान राशिद खानले २० रनको योगदान गरे ।

Advertisement

बङ्गलादेशका लागि मुस्तफिजुर रहमानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नसिम अहमद, टासिम अहमद र राशिद हुशेनले दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनायो ।

Advertisement

बङ्गलादेशका लागि तान्जित हसनले ५२ रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै साहिद हशनले ३० रन बनाउँदा तोहिद हर्दाएले २६ रन बनाए । अफगानिस्तानका लागि राशिद खान र नुर अहमदले दुई दुई विकेट लिए ।

आजको जितसँगै बङ्गलादेश २ खेलबाट ४ अङ्क जोडेर समूह बी को तालिकाको दोस्रो स्थानमा छ । अब यस समूहको अन्तिम खेलमा अफगानिस्तानले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलले अघिल्लो चरण पुग्ने टिमको टुङ्गो लाग्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया