अर्घाखाँची। अर्घाखाँचीको जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १ बसपार्क नजिकको ठाडो उकालो घुम्टिमा ट्रक र स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घाइते भएकी छिन।
दुर्घटनामा स्कुटर चालक सन्धिखर्क नगरपालिका वडा नम्बर १० स्थायी घर भई हाल सन्धिखर्कको रतहलेमा बसोबास गर्दै आउनुभएकी माधवा भुसालको खुट्टामा चोट लागेको छ । उहाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको खबर प्राप्त भएको छ।
प्रहरीले ट्रक र चालकलाई नियन्त्रणम लिएर घटनाको अनुसन्धान गरिरहेको बुझिएको छ।