मुसिकोटका विपन्न विद्यार्थीलाई पोशाक वितरण



नागरिक अपडेट


सूर्य सुनार,गुल्मी । नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाले मुसिकोटका विद्यालयमा विद्यालय पोशाक वितरण गरेको छ । सोमबार एक कार्यक्रमका बिच मुसिकोट उपशाखाले विद्यालयमा गएर विपन्न विद्यार्थीलाई पोशाक वितरण गरेको हो ।

सामाजिक सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाले विद्यालयमा अध्ययनरत २९ जना समाजका विपन्न एवं असहाय विद्यार्थीलाई पोशाक वितरण गरेको नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाका सभापति मदन घिमिरेले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विद्यालय पोशाक सहयोग गर्दा उनीहरुको पठनपाठनमा समेत सहज हुने भएकाले यस्तो कार्य गरिएको घिमिरेले बताउनुभयो । उहाँले विपन्न समुदायका विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

पृथ्वी माध्यामिक विद्यालयका ७, नेरा माध्यामिक विद्यालयका ४, गंगा प्राथमिक विद्यालयका ४, मुसिकोट माध्यामिक विद्यालयका ४, खस्थोक माध्यामिक विद्यालयका ४, पशुपति निम्न माध्यामिक विद्यालयका ३ र पेंगा निम्न माध्यामिक विद्यालयका ३ गरी २९ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

नेपाल रेडक्रस मुसिकोट बडागाउँ उपशाखाले मुसिकोट र इस्माका अग्नी पीडित नागरिकलाई केही दिन अघि पनि आर्थिक सहयोग गरेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया