गुल्मीको रेसुङ्‍गा विमानस्थलबाट सातामा चार उडान हुने



नागरिक अपडेट


गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको छ । यसअघि तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए ।

विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रूपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो ।विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ ।

गुल्मीबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सयभन्दा बढी नागरिकले हवाई सेवा लिएको थापाले बताए । अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । अनलाइन खबरबाट साभार

,

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया