गुल्मी – गुल्मीमा करेन्ट लागेर पोलबाट भीरमा खस्दा ३० वर्षीय युवा कर्मचारीको मृ”त्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेका विद्युत प्राधिकरण गुल्मीका कर्मचारी ३० वर्षीय सूर्यबहादुर थापाको मृ”त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
यो पनि पढ्नुहोस्…
आइतबार दिउँसो उनी मालिका गाउँपालिका-३ ह्वाङ्दीमा विद्युतको पोलमा चढेर विद्युत मर्मत गर्ने क्रममा अचानक करे”न्ट लागि पोलदेखि पाँच सय मिटर तल भिरबाट खसेका थिए । जसक्रममा उनको निधार र शरीरको विभिन्न भागमा चोट लागेर घा”इते भएका थिए ।
प्रहरी चौकी अर्खबाङबाट प्रहरी खटेर र वडा नम्बर ५ का वडाध्यक्षसहितले उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए । गुल्मी अस्पतालमा ल्याउँदा चिकित्सकले मृ”त घोषणा गरेका हुन् ।
शव सोही अस्पतालमा रहेको छ भने पोष्टमार्टम हुन बाँकी रहेको छ ।





