गुल्मीमा करेन्ट लागेर एक कर्मचारी घाइते



केशव गौतम


गुल्मी। गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङदीमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारी घाइते भएका छन्।

Advertisement

आइतबार दिउँसो करिब २:३० बजे विद्युतको पोलमा चढी मर्मत गरिरहेका मालिका–५ छापाहिलेका ३० वर्षीय सूर्यबहादुर थापा करेन्ट लागेपछि भिरतर्फ खस्दा घाइते भएका हुन्।

Advertisement

उनको निधार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते थापालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाइएको प्रहरीले जनाएको छ।

Advertisement

घटनाबारे थप विवरण आउन बाँकी छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया