गुल्मी, गुल्मीको धुर्कोट गाउँपालिका-५ मन्टारीमा बँदेल नियन्त्रण गर्न लगाइएको विद्युतीय करेन्टमा परेर एक महिलाको मृत्यु भएको छ ।
बुधबार राती स्थानीय ६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरबाट करिब १५० मिटर टाढा रहेको बारीमा जंगली जनावर (बँदेल) नियन्त्रणका लागि बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेका थिए ।
सोही करेन्टमा परेर उनकी करिब ६० वर्षीया श्रीमती हुमकला भण्डारी घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएकोमा राति करिब ३:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनामा संलग्न भेषराज भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया तथा मुचुल्काका लागि प्रहरी टोली खटिएको छ ।





