गुल्मीमा कुलोले बगाउँदा वृद्धको मृत्यु



केशव गौतम


गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहामा कुलोले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ सिरानटोलका ६८ वर्षीय वीरबहादुर सुनार रहेका छन् ।

Advertisement

आइतबार दिउँसो करिब साढे १२ बजे बाटोमा हिँडिरहेका बेला ती वृद्ध अचानक कुलोमा लडेका थिए । बडिगाड लघुविद्युत् समुदायको ड्यामबाट बग्ने कुलोमा खसेपछि करिब १०० मिटर तल रहेको ट्यांकीसम्म उनी बगेका थिए ।

Advertisement

स्थानीयले दिउँसो करिब साढे २ बजे ट्यांकीमा उनको शव अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार ती वृद्धले मदिरा सेवन गरेका कारण कुलोमा लड्न पुगेको हुन सक्ने आशंका गरिएको छ ।

Advertisement

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया