गुल्मी सेउघाका मेहनती किसान,खडेरीमा पनि तरकारी खेतीबाट मनग्गे आम्दानी



नागरिक अपडेट


गुल्मी । गुल्मीको सेउघामा ९ महिने खडेरीमा पनि तरकारी खेती गरेर मनग्गे आम्दानी गरेका छन् । रेसुंगा नगरपालिका–४, सेउघाका झवी पाण्डे र चुरा कुँवरले खडेरीको समयमा पनि तरकारी खेतीउत्पादन गरेर मनग्गे आम्दानी गरेका छन् ।

Advertisement

पाण्डे र कुँवर मिलेर पछिल्लो केही वर्ष यता सेउघाको अग्लो डाँडामा २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । भगवती कुषि फर्म दर्ता गरेर पाण्डे र कुँवरले यही सिजनमा मात्रै १० कुन्टल बन्दा, ४ कुन्टल सिमीलगायत काक्रो, बोडी, फर्सी लगायतका तरकारी उत्पादन गरेका छन् ।

यो सिजनमा उत्पादित तरकारीले राम्रो मूल्य पनि पाएको छ । कृषक झवी पाण्डे सामाजिक कार्यसँगै तम्घास बजारमा खाद्यान्न पसल पनि गर्दछन् । उनले व्यवसायबाटमात्रै वार्षिक २ लाख रुपैयाँभन्दा बढी कर बुझाउने गरेको बताउँछन् । खाली समय सदुपयोग गरेर काम गर्दा ताजा तरकारी आफैंले पनि खान पाइने बिक्री गरेर आम्दानी पनि हुने उनले सुनाए ।

मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका पाण्डे र कुँवरले कृषि फर्ममा स्थानीय ४ जनालाई रोजगारी समेत दिएका छन् । उनीहरुले उत्पादन गरेको तरकारी तम्घास बजारमा बिक्री हुने गरेको छ । अनलाइन खबर

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया