लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन



नागरिक अपडेट


काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टीकरण दिएका छन् । प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिँदै गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको बताए ।

Advertisement

लामिछानेले आफूले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए । उनले जीवी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको संसद्मा बताएका छन् ।

Advertisement

पोखराको सुर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रूपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए । उनले फौजदारी कसुर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पिउन तयार रहेको बताए ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया