गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइकिलिङ निर्माण हुने



नागरिक संवाददाता


गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा जिपलाइन र स्काई साइकिलिङ निर्माणका लागि बजेट सुनिश्चित भएको छ । रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीकाे पहलमा संघिय सरकारबाट जाउँ हिड् रेसुङ्गा अभियान अन्तर्गत पर्यटन पूर्वाधारका निम्ति उक्त आयोजनाको लागि करीब १ करोड ४२ लाख बराबरको बजेट व्यवस्थापन गरेकाे नगरपालिका प्रमख खिलध्वज पन्थीले बताए ।

Advertisement

बजेट सुनिश्चित भएपछि अब खरिद प्रक्रिया अगाडि बढ्ने उनले बताए । रेसुङ्गा घुम्न आउने पर्यटकलाई रेसुङ्गा मन्दिर संगै नगरपालिकाले निर्माण गरेको पार्क ,राम सीता मन्दिर र अहिले बजेट सुनिश्चित भएको जिपलाइन र साइकिलिङ बनेपछि थप पर्यटककाे मुख्य गन्तव्य बन्न सक्ने देखिन्छ ।

Advertisement

Advertisement
, ,

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया