टेक्सासमा बाढीले ९४ बढीको मृत्यु,अझै धेरै पानी पर्ने पूर्वानुमान



एजेन्सी


टेक्सास – अमेरिकाको टेक्सासमा बाढीका कारण मर्नेको सङ्ख्या १०० नाघेको छ। केयर काउन्टीमा मात्र ८४ जनाको ज्यान गएको पुष्टि भएको छ। चार दिनसम्म पनि हराउनेको खोजी कार्य भइरहेको छ। अझ थुप्रै हराइरहेका छन्। किस्टिक क्याम्पमा २७ छात्रा मरेको पुष्टि भइसकेको छ। त्यहाँ पनि अझ धेरै जना हराइ रहेका छन्।

Advertisement

त्यस क्षेत्रमा अझै गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। चार दिन अगाडि धेरै पानी परेको थियो। समयमै ठुलो पानी पर्ने चेतावनी दिइए पनि बिहानको समयमा निदाइ रहेका धेरै जना ब्युँझन पाएनन्। क्याम्पमा बिदा मनाउन गएका धेरै विद्यार्थीले ज्यान गुमाए।

Advertisement

सबै भन्दा धेरै मानिसको ज्यान गएको केयरमा अझै १० बालबालिका तथा एक जना काउन्सिलर हराइरहेका छन्। केन्डलमा ६ जनाको ज्यान गएको छ। अहिले पनि टेक्सासमा पानी परिरहेको छ। सबैलाई सावधान रहनका लागि भनिएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया