काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता सकारात्मक भएको बताएका छन्।
ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, “वार्ता राम्रो र सामान्य भयो।” उनका अनुसार, बैठकमा उनले ट्रम्प र युरोपेली नेताहरूसँग मिलेर युक्रेनका लागि सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए।
जेलेन्स्कीले ट्रम्पबाट युक्रेन पनि यस्ता सुरक्षा प्रत्याभूतिमा समावेश हुने महत्त्वपूर्ण सङ्केत प्राप्त गरेको बताए। उनले युद्ध अन्त्यका लागि पुटिनसँग जुनसुकै स्वरूपको बैठक गर्न युक्रेन तयार रहेको पनि स्पष्ट पारे।