जेनेभा – सुडानको क्रूर गृहयुद्धमा दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेका संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले बुधबार बताएका छन् ।उनीहरूले दुवै पक्षलाई सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा सहयोगी भएको आरोप लगाएका छन् ।
सेना प्रमुख अब्देल फताह अल–बुर्हानको नेतृत्वमा रहेको नियमित सेना ९एसएएफ० र उहाँका पूर्वसहायक मोहम्मद हमदान डागलोको नेतृत्वमा अर्धसैनिक र्यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीच एक वर्षभन्दा बढी समयदेखि युद्ध चलेको छ ।
सन् २०२३ अप्रिलमा सुरु भएको द्वन्द्वले दशौँ हजारको मृत्यु भएको छ र यसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटलाई जन्म दिएको छ ।चार स्वतन्त्र संयुक्त राष्ट्र अधिकार विज्ञहरूले दुई करोड ५० लाखभन्दा बढी नागरिकहरू भोकाएका र तत्काल सहायताको आवश्यकता रहेको बताएका छन् ।
“एसएएफ र आरएसएफ दुवैले खानालाई हतियारका रूपमा प्रयोग गरिरहेका छन् र नागरिकहरूलाई भोकै मारिरहेका छन्”, खाद्य अधिकारसम्बन्धी विशेष प्रतिवेदनसहित विज्ञहरूले भने ।
उनीहरूले आरएसएफ नियन्त्रण बाहिर डार्फरको अन्तिम शहर एल–फाशरको जारी घेराबन्दीमाथि प्रकाश पारेका छन् । यसले लाखौँ नागरिक फँसेको थिए भने खाना र पानीको चरम अभावको बीचमा भोक र तिर्खाबाट पीडित भएका थिए ।
विज्ञहरूले ‘द्वन्द्वमा दुवै पक्षलाई आर्थिक र सैन्य सहयोग प्रदान गर्ने विदेशी सरकारहरू भोकमरी, मानवता विरुद्धको अपराध र युद्ध अपराधमा संलग्न रहेको’ बताए। उनीहरूले अन्तर्राष्ट्रिय समुदायसँग ‘मानवीय कार्यलाई तीव्रता दिन’ पनि आग्रह गरे ।