पाल्पामा वडाध्यक्षले दलित समुदायका घर जोखिममा पारेर जबरजस्ती डोजर चलाए, स्थानीय आन्दोलित



रासस


पाल्पा – पाल्पाको तानसेन नगपालिका वडा नम्बर १४ का वडाध्यक्ष शोभाकर भट्टराईले दलित समुदायका घर जोखिममा पारेर जबरजस्ती डोजर चलाएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।

Advertisement

दलित समुदायका नागरिकले आफ्नो बस्तीमाथि वडाध्यक्षका आफन्तको घर रहेको र त्यहाँ बाटो पुर्‍याउनका लागि बीचमा पर्ने व्यक्तिका निजी घरजग्गामै डोजर चलाइएको बताएका छन् । स्थानीयले घरहरू यही बर्खामा नै जोखिममा परेकाले त्यसको रोकथामसहित क्षतिपूर्तिको माग गरेका छन् ।

Advertisement

बर्खाका समयमा बाढी र पहिरो खस्नेगरी आफ्ना घरछेउबाटै डोजर चलाइएको पीडित परिवारका सदस्य प्रेम शाही समुन्द्रीले जानकारी दिनुभयो । वडाध्यक्षले आफ्नो परिवारसमक्ष कुनै पनि सहमति नगरेका तथा घरको आँगनबाटै डोजर चलाउँदा समेत आफूहरूलाई कुनै सूचना नै नदिई जबरजस्ती गरेका उहाँले बताउनुभयो ।

Advertisement

वडाध्यक्ष शाेभाकर भट्टराईले भने आफूले मौखिक रूपमा सम्बन्धित व्यक्तिलाई सोधेको दाबी गर्नुभएकाे छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया