भारतको बिहारमा चट्याङ लागेर १९ जनाको मृत्यु



एजेन्सी


एजेन्सी ।भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको थियो । वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने व्यक्तिलाई चट्याङ लागेर धेरैको मृत्यु भएको अधिकारीले बताएका छन् ।

Advertisement

भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै आगामी २४ घण्टाका लागि सावधानीका लागि सूचना (एलो अलर्ट) जारी गरेको छ । हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया