बेरुत । इजरायली हवाई आक्रमणमा परी सोमबार लेबनानमा कम्तीमा १९ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार सोमबार इजरायल आक्रमणमा परी १९ जनाको ज्यान गएको छ भने ९८ जना घाइते भएका छन् ।
मन्त्रालयका अनुसार इजरायल आक्रमणमा परी लेबनानमा गएको एक वर्षमा २४८३ जनाको ज्यान गएको छ भने ११ हजार ६२८ जना घाइते भएका छन् । इजरायली सेनाले सोमबार पनि ३०० भन्दा धेरै ड्रोन खसालेको थियो ।