रियललाई हराउँदै पीएसजी फाइनलमा



एजेन्सी


फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा स्पेनिस ला लिगा क्लब रियल मड्रिडलाई ४–० गोलअन्तरले हराउँदै पीएसजी उपाधि नजिक पुगेको हो ।

Advertisement

अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा पीएसजीलाई जित दिलाउन फावियन रुविज, ओसमान डेम्बेले र गोन्कालो रामोसले एक–एक गोल गरे । पीएसजीलाई खेलको छैटौँ मिनेटमा फावियन रुविजले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको नवौँ मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

Advertisement

खेलको २४औँ मिनेटमा फावियनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई पहिलो हाफमा ३–० गोलको अग्रता दिलाए । खेलको ८७औँ मिनेटमा रामोसले गोल गर्दै टिमलाई फाइनल पुगाउन महत्त्वपूर्ण भूमिका खेले । पीएसजीले अब उपाधिका लागि चेल्सीसँग खेल्नेछ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया