गृहमन्त्री लेखकको राजीनामा माग भइरहेका बेला एमालेको सचिवालय बैठक बस्दै



नागरिक अपडेट


काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे एमाले केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको छ ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत भिजिट भिसामा जानेहरुबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकसहितको संलग्नता रहेको आरोप लागिरहेका बेला पहिलोपटक एमाले बैठक बस्न लागेको हो ।

Advertisement

कांग्रेसभित्रैबाट लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठेका बेला एमाले बैठकमा यसबारे छलफल होला कि नहोला भन्ने चासो छ ।

Advertisement

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लेखकले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

एमाले बैठकमा लेखकमाथि लागेको आरोप लगायत विषयसहित समसामयिक राजनीति र सरकारका कामकारबाहीबारे छलफल हुने एमाले नेताहरु बताउँछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया