केशव खड्का,बुटवल। Little & Teen Glam International 2025 सौन्दर्य प्रतियोगिता मे २४ देखि २९ सम्म फिलिपिन्सको मनीलामा सम्पन्न भएको छ । यस प्रतियोगितामा नेपालका प्रतिनिधिहरूले उल्लेखनीय सफलता प्राप्त गरेका छन ।
नेपालकी अग्रिमा कुँवरले Little Miss Glam Universal 2025 को उपाधि हात पार्न सफल भएकी छन भने उनले sub title र medal-3 को समेत उपाधी हात पारेकी छन ।
प्रतियोगिताको क्रममा अग्रिमाले आफ्नो परिचयात्मक भिडियोमार्फत नेपाली संस्कृति, पर्यटन र आफ्नो प्रतिभा प्रस्तुत गरेकी थिइन्। उनको आत्मविश्वास, प्रस्तुतीकरण र सांस्कृतिक अभिव्यक्तिले निर्णायकहरूको ध्यान खिचेको फिलिपिन्सको मनिलाबाट उनको बुवा त्रिविक्रम कुँवरले बताए ।
राष्ट्रको पहिचान बोकेको कुरा गर्दै अग्रिमा कुँवरले नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिँदा यो केवल व्यक्तिगत सफलता नभइ सम्पूर्ण देशको गौरव भएको र हामिहरुले पाएको ताजले अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न हौसला मिल्ने बताएकी छन । अग्रिमा कुँवर ११ बर्ष मात्रै पुगेकी छन उनि गुल्मी मदानेकि बासिन्दा हुन् भने हाल बुटवलमा १२ मा बसोबास गर्दै बुटवलको Everest boarding secondary school मा कक्षा ७ पढ्दै आईरहेकी छन ।
त्यस्तै प्रतिस्पर्धामा बुटवलकी मिरिन्जा गाहाले Miss Teen Glam World 2025 को उपाधी हात पार्न सफल भइन भने sub title र medal-3 को समेत उपाधी प्राप्त गरिन। नेपालगञ्जकी मोनिका कठायतले Mini Miss Glam international 2025 को उपाधी जितिन भने sub title र medal-3 को उपाधी समेत हात पारेकी छन ।
Mr junior glam Universal 2025 अभिनव न्यौपाने जितेका छन भने sub title र medal-3 समेत हात पारेका छन । Little & Teen Glam International विश्वकै सबैभन्दा ठूलो बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिता हो, जसमा ३ वटा बालिका उपश्रेणीहरू र २ वटा किशोरी उपश्रेणीहरू रहेका छन ।
कार्यक्रममा Talent & Gala Night round,National custom round, Swimming custom,Resort wear round,Fashion show,Formal/long evening grown,Sports र Introduction round रहेका थिए ।
उनिहरुको यो सफलता नेपाली बालबालिकाहरूका लागि प्रेरणादायी उदाहरण हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको नेपालको तर्फबाट आयोजक संस्था Majestic group का संचालक तथा Country director मन्जेस गिरीले बताए ।
कार्यक्रमको लागी नेपालको तर्फबाट Majestic group का संचालक तथा Country director मन्जेस गिरी र assist director सजल श्रीभासको नेत्तृत्वमा नेपाली नेपाली टोली मे २२ तारिकका दिन फिलिपिन्सको मनिला प्रस्थान गरेको थियो ।
नेपाली टिमको लागी यस कार्यक्रमको मुख्य प्रायोजन Extra tech oval international cricket studium का director बिनोद कुँवरले गरेका थिए भने हाल उनि अष्ट्रेलियामा रहेका छन ।