बालुवाटारमा सत्ता पक्षीय शीर्ष नेताको बैठक जारी



नागरिक अपडेट


काठमाडौं । सत्ता पक्षीय दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । मंगलबार बिहान सत्ता पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Advertisement

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेस नेता कृष्ण सिटौला, नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छन् ।

Advertisement

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जित श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि बैठकमा सहभागी छन् ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया