काठमाडौँ । इजरायली हवाई आक्रमणका कारण इरानमा १२ दिन चलेको युद्धको क्रममा ६ सय २७ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारी सञ्चार संस्था आईआरआईबीका अनुसार, हमलामा ४ हजार ८ सय ७० जना घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै क्षति राजधानी तेहरान र पश्चिमी प्रान्त केरमानशाहमा भएको छ। अधिकांश मृतकहरू घटनास्थलमै ज्यान गुमाएका हुन् ।
इरान सरकारले दिनहुँको मृतक विवरण सार्वजनिक नगरेकाले र देशभित्र रिपोर्टिङमा कडाइ गरिएकाले युद्धको वास्तविक मानवीय क्षतिको आकलन गर्न कठिन भइरहेको बीबीसीले जनाएको छ । मानवअधिकार समूहहरूले भने वास्तविक मृतक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन्।