गुल्मीमा घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाकाे ज्यान गयाे



नागरिक अपडेट


गुल्मी । गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीकी एक महिला घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको छ। स्थानीय काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी करिब ३१ वर्षीया लक्ष्मी थापा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।

Advertisement

उनी बिहीबार दिउँसो करिब ४ बजे घरबाट घाँस काट्न जंगल गएकी थिइन् । साँझसम्म पनि घर नफर्किएपछि परिवार र छिमेकीले खोजतलास गर्ने क्रममा सोही वन क्षेत्रको किरा चौर भीरबाट करिब १५/२० मिटर तल खसेको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पुर्कोट दहले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार मृतक थापाका श्रीमान वैदेशिक रोजगारीमा छन् भने उनका दुई छोरा छन् । उक्त स्थान इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट करिब ६/७ किलोमिटर दक्षिणपश्चिममा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया