गुल्मी – गएराति परेको वर्षाका कारण पहिरो खस्दा गुल्मीको रिडी–वामीटक्सार सडक खण्ड अवरुद्ध भएको छ । चन्द्रकोट गाउँपालिका –८ र मुसिकोट नगरपािलका –५ को सिमाना नजिकै तल्लो फाँटमा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक खुलाउनका लागि स्थानीय मजुवा प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभएको छ ।
सडक अबरुद्ध हुँदा वामीटक्सारबाट रिडी हुँदै पाल्पा र बुटवलसम्म जाने गाडीहरु बीच बाटोमा रोकिएका छन । यो सडक जिल्लामा सबैभन्दा धेरै गाडी चल्ने सडकअन्तर्गत पर्छ ।