खोज तथा उद्धारमा हेलिकप्टर परिचालन, थप फौज पठाइयो



नागरिक अपडेट


काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण हराएकाहरूको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । घटनास्थलमा सेनाको हेलिकप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले बताए ।

Advertisement

खोज तथा उद्धारमा नुवाकोटको विदुरबाट थप प्रहरी परिचालन गरिएको छ । उनले भने, ‘हेलिकप्टरमार्फत विदुरबाट थप फौज त्यसतर्फ पठाइएको छ ।’नुवाकोटको त्रिशूली नदीमा फसेका दुई जनालाई उद्धार गर्न परिचालित सेनाको हेलिकप्टर रसुवातर्फ पठाइएको हो ।

Advertisement

चीनमा परेको वर्षाका कारण भोटेकोशीको बहाव बढ्दा उद्धार गर्न खटिएका ३ जना प्रहरी र टिमुरे स्थित ड्राइपोर्टमा कार्यर केही मजदुरहरू पनि सम्पर्कविहीन भएका छन् । बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया