अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो



नागरिक अपडेट


काठमाडौँ । अर्घाखाँचीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । मृतकमा ३ महिला र एक पुरुष रहेका छन् ।

Advertisement

सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु सवार बस पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा दुर्घटना भएको थियो ।

Advertisement

ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

Advertisement

करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया