काठमाडौं : सोमबार सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि मध्यम बदली रहने मौसम पूर्वानुमान गरिएको छ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।
ती प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।





