रसुवागढी बाढी अपडेट : ७ जनाको शव फेला



नागरिक अपडेट


काठमाडौँ : नेपाल प्रहरीले रसुवाकाे लेन्दे नदीमा आएको बाढीबाट ७ जनाको शव फेला परेको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार अझै १८ जना सम्पर्कविहीन छन्। तीमध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेका छन्।

Advertisement

५५ जनाको उद्धार गरिएको छ गोसाइँकुण्ड गाउँपालिका वडा १,२ र ३,आमाछोदिङ्मो गाउँपालिका वडा १,२,४ र ५,उत्तरगया गाउँपालिका वडा २,४ र ५ र कालिका गाउँपालिका वडा १ प्रभावित भएको छ।

Advertisement

हालसम्ममा नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ। इभी चार्जिङ स्टेशनमा क्षति, ७/८ वटा इभी गाडी बगाएको प्रहरीले जनाएको छ। त्यसैगरी भन्सार कार्यालय रसुवा, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति पुगेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया