सङ्खुवासभामा भारी वर्षा: बाढी र पहिरोको जोखिम,सतर्क रहन आग्रह



नागरिक अपडेट


सङ्खुवासभा । पछिल्ला तीन घण्टामा सङ्खुवासभा जिल्लास्थित नुम वर्षा मापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement

विभागले बुधबार बिहान ३ बजे एक सूचना जारी गर्दै आगामी घण्टाहरूमा पनि सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र भिरालो तथा कमजोर भू–भागमा पहिरोको जोखिम पनि बढेको छ। विभागले सम्भावित जोखिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

Advertisement

त्यस्तै विभागले बुधबार बिहान ४ बजे जारी गरेको पछिल्लो सूचनामा सिन्धुपाल्चोकको गुम्थाङ, बाह्रबिसे, दोलखाको जिरी, बुस्टी, सिंगटी लगायतका क्षेत्रमा पनि पछिल्लो ३ घण्टामा मध्यमदेखि भारी वर्षा भएको जनाएको ।

Advertisement

ती क्षेत्रहरूमा पनि आकस्मिक बाढी तथा पहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया