पाटनमा यल ल्याकु मिप्वा:लाखे नाच सुरु,तस्बिरहरू



नागरिक अपडेट


ललितपुर । लाखे भन्ने बित्तिकै धेरैले येँया: (इन्द्रजात्रा) मा हुने मजिपा: लाखेको नृत्य सम्झन्छन्। तर, उपत्यकामा त्यसबाहेक पनि धेरै लाखे नाचहरू हुने गर्छन्।

Advertisement

गथांमुग: सँगै नेवार समुदाय रहेको स्थानबाट अहिले लाखेहरू निस्किरहेका छन्। राक्षसी स्वरूप भए तापनि लाखेलाई नेवारहरूले देवताकै रूपमा पुज्दै आएका छन्। राक्षसी प्रवृत्तिमाथि सत्यको जीतका रूपमा रहेका यी सबै लाखेका छुट्टाछुट्टै महत्त्व रहेको छ।

Advertisement

यसैबिच गथांमुग: को दिनदेखि पाटनमा यल ल्याकु मिप्वा: लाखे नाच सुरु भएको छ। अन्य स्थानमा निस्कने लाखे नाचभन्दा यो नाच फरक रहेको छ। पाँच दिनसम्म सञ्चालन हुने यो नाचमा मसाल जलाएर लाखेले आगो फुक्ने गर्छ।

Advertisement

यो नाचमा लाखेसँगै तीनपकुचा पनि रहन्छ। पाटनको सौग: बाट सुरु हुने यो नाच पाँच दिनसम्म विभिन्न स्थानमा प्रदर्शन गरिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया