काठमाडौँ । यही साउन ८,९ र १० गते(तीन दिन) पहाडी भू-भागमा मेघगर्जन,चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । बिहीबार साँझ जल तथा मौसम विज्ञान विभाग, मौसम तथा बाढी पूर्वानुमान महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै यसबारे जानकारी दिएको हो । विभागको जानकारीपछि जिल्ला प्रशासन कार्यालय धादिङले सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणी मिश्रले आज एक सूचना जारी गर्दै बागमती प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक बढ्न सक्ने तथा त्रिशुली र बुढीगण्डकी नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेकाले आवश्यक सुरक्षा सतर्कता र सावधानी अपनाउन आग्रह गरेको हो ।