काठमाडौँ । चितवनको घोप्टेभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा पहिरो खसेर दुईतर्फी सड्क अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । सोमबार साँझ ६ बजेर ५० मिनेटमा पहिरो खसेको हो ।
पहिरो पन्छाउन घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर प्रतीक सिंह नेतृत्वको टिम खटिएको छ ।