बर्दियाको खोलामा जल सतह सतर्कता तह पार,सावधानी अपनाउन आग्रह



नागरिक अपडेट


काठमाडौँ । बर्दिया जिल्लास्थित किरिन खोला जलमापन केन्द्रको जल सतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Advertisement

विभागले मंगलबार राति एक सूचना जारी गर्दै खोलामा पानीको सतह हाल बढ्दो क्रममा रहेको जनाएको हो । जसका कारण नदी आसपासका तटीय क्षेत्र र डुबान भइरहने होचो भू–भागमा जोखिम बढ्न सक्छ।

Advertisement

विभागले त्यस्ता क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई विशेष सावधानी अपनाउन र आवश्यक सतर्कता अपनाइराख्न आग्रह गरेको छ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया