केशव खड्का,जापान। गुल्मीको रुरु गाउँपालिकामा जन्मिएका गायक विष्णु सिंजाली मगरले २०७१ सालदेखि संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउँदै आएका छन्। गरिब परिवारमा हुर्किए पनि बाल्यकालदेखि नै कलाकार बन्ने सपना बोकेका उनले ‘सानू तिम्रो मन’, ‘बेग्लै घरको बेग्लै कुल थरको पन्चेबाजा’, ‘बारीमा गिंदरी’, ‘मगर्नी नानी सोरठी’ जस्ता चर्चित गीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएका छन् ।
यसै यात्रा निरन्तरतामा, उनले यस वर्षको तीजमा नयाँ गीत ‘मेरो मन तिमीमै’ सार्वजनिक गरेका छन्। गीतमा स्वर दिएका छन् . विष्णु सिंजाली मगर, रितु शाही, मिसन मगर र संगीता चितौरेले। लय विष्णु सिंजाली मगरकै हो भने शब्द दीपक दर्लामी मगरले लेखेका छन्। भिडियोमा झबिन नेपाली र एन्जी मगरको मनमोहक अभिनय छ, जसलाई विन्तीराज पुनथोकीले निर्देशन गरेका छन् ।
वर्षौँको संघर्ष र मेहनतपछि बनेका उनका गीतहरूले निरन्तर श्रोताको मन जित्दै आएका छन्, र ‘मेरो मन तिमीमै’ पनि तीजको माहोलमा एक नयाँ ऊर्जा ल्याउने विश्वास गरिएको छ। “उक्त गीतको म्युजिक भिडियो आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।”
भिडियो