मानव अधिकार आयाेगद्वारा रुपन्देही कारागारकाे अनुगमन



नागरिक अपडेट


काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही कारागारको अनुगमन गरेको छ । पछिल्ला केही दिनदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यूनतम सुविधा पनि नदिई थुनामा राखेको चर्चा चलिरहेका बेला आयोगकी आयुक्त लिली थापासहितको टोलीले आज रुपन्देही कारागारको अवस्थाबारे अनुगमन गरेको हो ।

Advertisement

कारागार अनुगमन गरेपछि पत्रकारसँग कुराकानी गर्दै आयुक्त थापाले क्षमताभन्दा धेरै कैदी राख्नु र व्यवस्थापन गर्न नसक्नु सरकारको कमजोरी रहेको बताउनुभयो । आयुक्त थापाले अनुगमनका क्रममा सभापति लामिछानेसँग पनि कुराकानी गरेको बताउनुभयो ।

Advertisement

थापाका अनुसार लामिछानेले बाहिर हिँडडुल गर्न नपाएको, पत्रपत्रिका पढ्न नपाएको, कानूनी सहायता लिन नपाएको, मुद्दा लड्न कानून व्यवसायीसँग भेट्न नपाएको, आफ्ना कार्यकर्तासँग पनि भेट्न नपाएको लगायतका गुनासो गरेका छन् ।

Advertisement

रवि लामिछानेलाई कारागारमा छुट्टै कोठामा राखिएको र त्यो कोठामा अट्याच्ड शौचालय भए पनि खुला रहेको थापाले बताउनुभयो । थापाले लामिछाने बस्ने कोठामा दुई वटा पङ्खा रहेको तर एसी–कुलर केही नभएको बताउनुभयो । आयोगको टोलीले लामिछाने बस्ने कोठाको झ्याल खुला गर्न निर्देशन पनि दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया